७ दिने नेतृत्व उद्यमशीलता तालिम बुडरमा सुरु 

डोटीको जोरायल गाउँपालिकामा ७ दिने नेतृत्व विकास तथा बेमौसमी तरकारी खेती सम्बन्धी तालिम सुरु भएको छ । सामाजिक विकास मन्त्रालयको आयोजनामा सञ्चालित तालिम बिहीबार वाट जोरायल गाउँपालिका–२ बुडरमा सुरु भएको हो ।  तालिममा जोरायल गाउँपालिका र बडीकेदार गाउँपालिकाका विभिन्न सहकारी समूह तथा कृषि क्षेत्रमा संलग्न १५/१५ जना महिलाहरूको सहभागिता रहेको छ ।
तालिमको उद्घाटन गर्दै जोरायल गाउँपालिकाकी उपाध्यक्ष जमुना कुमारी बोहराले महिलाहरू पनि उद्यमशील र आत्मनिर्भर छन् भन्ने सन्देश दिने गरी तालिममा सहभागिता जनाउन सहभागी सबैलाई भनिन् । तालिमले एउटा नयाँ खालको सन्देश दिने कुरामा विश्वस्त रहेको उनले बताइन । तालिम यही आषाढ ८ गत्ते समापन हुने छ ।
Shaileshwori
Loading...