दिपायल सिलगढी नगरपालिकालाई मुक्त हलिया समाजको ज्ञापन पत्र

मोहन ठकुल्ला, डोटी
राष्ट्रिय मुक्त हलिया समाज डोटी र सम विकास केन्द्र (इडिसी) डोटीले विभिन्न माग सहित दिपायल सिलगढी नगरपालिकालाई ९ बुँदे ज्ञापन पत्र बुझाएको छ । नगरपालिकाको कार्यालयमा गएर शुक्रवार आफ्ना विभिन्न ९ बुँदे माग सहित नगरप्रमुख बाजि खड्कालाई ज्ञापन पत्र बुझाइएको हलिया मुक्ति समाज डोटीले जनाएको छ ।

जो जहाँ छन् त्यहाँको जमिन दर्ता गरिदिनु पर्ने, पुनः स्थापना एकीकृत प्याकेज ल्याउनु पर्ने, लगत सङ्कलन र परिचयपत्र दिनुपर्ने, भूमि प्रदान गर्ने सन्दर्भमा दिएको जमिन सम्बन्धी स्वतन्त्रता दिनुपर्ने, रोजगारीका सीप तथा तालिम दिइनु पर्ने, शिक्षामा र आधारभूत स्वास्थ्य सेवामा सहज पहुँच हुनुपर्ने, राजनीतिक र सामाजिक समावेशिताको व्यवस्था हुनु पर्ने लगायतका माग ज्ञापन पत्रमा समावेश गरिएका छन् ।

Sayalb

साथै आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम बजेटमा मुक्त हलियाको मर्यादित दिगो जीविकोपार्जनका लागि आवश्यक कार्यक्रम ल्याउन र बजेट विनियोजन गरिदिन पनि नगरपालिकालाई आग्रह गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै नगरप्रमुख खड्काले मुक्त हलियाका सवालहरू जायज भएकोले मागहरू सम्बोधन गर्न आफू प्रतिबद्ध रहेको बताए । विद्यमान समस्याहरूको अझ राम्रोसँग अध्ययन गरेर हलियाले न्याय पाउने गरी कार्य सम्पादन गर्ने उनको भनाई रहेको थियो ।

Shaileshwori
Loading...