
मोहन ठकुल्ला, डोटी
डोटीमा नेवार सङ्ग्रहालय बन्ने भएको छ । लोक परम्परा देखि चल्दै आएको नेवार समुदायको सांस्कृतिक संरक्षण संवर्धन गरी नेवार समुदायको पहिचान बढाउने उद्देश्यले सङ्ग्रहालय स्थापना गर्न लाएको हो । सङ्ग्रहालयको लागि आवश्यक भवनको शनिवार एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ ।

दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ भीमसेन मन्दिर स्थित बन्ने सङ्ग्रहालय भवनको जिल्ला समन्वय समिति डोटीका अध्यक्ष लक्ष्मण बहादुर सिंहले शिलान्यास गरेका हुन् । प्रदेश सरकारद्वारा विनियोजित ३० लाखको लागतमा उक्त सङ्ग्रहालय भवनको निर्माण गरिन लागिएको हो ।
भवनको निर्माण कार्य सहरी विकास कार्यालय राजपुरलाई दिएको र असार मसान्तसम्म निर्माण कार्य सम्पन्न गरिसक्नु पर्ने प्रादेशिक नेवार संग्राहलय समिति डोटीका अध्यक्ष नीरज श्रेष्ठले बताउनु भयो । शिलान्यास कार्यक्रममा स्थानीय समुदाय, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
