डोटी : पत्रकार शुद्धीकरणको विषयलाई अगाडि बढाउन आफू तयार रहेको पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावलले बताए । पत्रकार महासंग डोटीले दिपायलमा आयोजना गरेको सुदूरपश्चिमका पत्रकारहरूको समसामयिक अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा उनले जो कोही पत्रकार भएको र पत्रकारितालाई बदनाम गर्नेहरू मौलाउँदै गएका कारण शुद्धीकरण आवश्यक रहेको बताए ।
जिल्ला महासङ्घहरूले शुद्धीकरणको विषय लिएर आएमा पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश तयार रहेको पनि उनले बताए । यसको लागि उनले सबैलाई तयारी भएर आउन आग्रह गर्दै शुद्धीकरणको विषय सुदूरपश्चिम प्रदेशबाट उजागर हुने बताए ।
पत्रकार र सञ्चारमाध्यमका समस्याहरू पत्रकार महासङ्घलाई जानकारी गराउन पत्रकार महासङ्घ नेपालका केन्द्रीय सदस्य उत्तर विष्टले आग्रह गरे । पत्रकारका समस्याहरू सम्बोधन गर्न गर यश क्षेत्रमा भएका विकृतिहरू हटाउनको लागि आगामी दिनमा सम्पूर्ण जिल्लाका पत्रकार महासङ्घ केन्द्र र प्रदेश महासङ्घसँग पनि समन्वयमा रहन उनले अनुरोध गरे । पत्रकारिता क्षेत्रमा थुप्रै समस्या रहेका कार्यक्रमका सहभागीले बताए ।
यश क्षेत्रमा बिचौलियाहरू मौलाएको कुरा बताउँदै पत्रकारिता क्षेत्रको बेइज्जत गर्न लागि परेको सहभागीले बताएका थिए । बिचौलियाहरूलाई समयमा नियन्त्रण गर्न नसके भविष्यमा समस्या आउन सक्नेमा चिन्ता व्यक्त गरिएको छ । यस्तै धेरै जसो पत्रकारहरू राजनीतिमा पनि सक्रिय भएको कारण यस्तो परिपाटी हटाउनु पर्ने माग गरिएको छ ।