मूल्य वृद्धिको विरोधमा अखिल क्रान्तिकारीको मसाल जुलुस

डोटी : डोटीमा पनि पेट्रोलियम पदार्थ लगायत खाद्यान्नमा भएको मूल्य वृद्धिको विरोधमा प्रदर्शन गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी (विप्लव) निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी डोटीले जिल्ला सदरमुकाम सिलगढीमा मसाल जुलुससहित टायर बालेर विरोध प्रदर्शन गरेको हो ।

Sayalb

मसाल जुलुससहित टायर बालेर विरोध प्रदर्शन गरेका उनीहरूले सरकार विरुद्ध नाराबाजी समेत गरेका छन् । सरकारले पटक पटक मूल्य बढाएर जनताको ढाँड सेक्ने काम गरेकाले पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुमा गरिएको मूल्य वृद्धि तत्काल फिर्ता लिन उनीहरूले माग गरेका छन् । यदि यसो नगरे चरणबद्ध आन्दोलनमा उत्रिने अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रकाश कठायतले बताए ।

Shaileshwori
Loading...