दलित महिला सङ्घ फेडोद्वारा नगरपालिकालाई अवधारणा पत्र हस्तान्तरण

नारद नेपाली, डोटी
दलित महिला सङ्घ (फेडो) डोटीले दिपायल सिलगढी नगरपालिकालाई दलित मैत्री नगरपालिकाका लागि अवधारणा पत्र हस्तान्तरण गरेको छ । स्थानीय तहमा सामाजिक न्याय र विकासका लागि नीति, बजेट र योजनामा दलित तथा दलित महिलाहरूको अर्थपूर्ण सहभागिता र प्रतिनिधित्वको लागि स्थानीय सरकाका प्रतिनिधिहरू र अधिकारकर्मी सँग संवाद कार्यक्रममा उक्त अवधारणा पत्र हस्तान्तरण गरेको हो ।

दलित महिलाको विकास र सामाजिक न्यायकालागि शासन सुदृढीकरण परियोजनाले आयोजना गरेको कार्यक्रममा स्थानीय सरकाले गर्ने हरेक क्रियाकलापमा दलित तथा दलित महिलाहरूको अर्थपूर्ण सहभागिता कसरी गराउन सकिन्छ भन्ने बियमा छलफल गर्दै दलित महिला सङ्घ फेडो, दलित महिला सञ्जाल र महिला समूहको तर्फ बाट नगरपालिकाका प्रमुख विजय खड्कालाई पत्र हस्तान्तरण गरिएको हो ।

Sayalb

नगरपालिकालाई दलित मैत्री पालिका बनाउन, दलित सशक्तीकरण कार्यक्रम गर्न, २१ मार्चलाई जातीय तथा रङ्गभेद र छुवाछूत मुक्त राष्ट्र दिवस मनाउन, दलित सँग जनप्रतिनिधि कार्यक्रम गर्न छुवाछूत मुक्त नगरपालिका घोषणा गर्न, दलित तथा दलित जनप्रतिनिधिहरूको अर्थपूर्ण सहभागिता तथा निर्णयमा पहुँच अभिवृद्धि गर्न गराउन अवधारणा पत्र हस्तान्तरण गरिएको दलित महिला सङ्घ फेडोका अध्यक्ष लक्ष्मी वादीले बताउनु भयो ।

नगरपालिकाको हलमा जनप्रतिनिधि अधिकारकर्मी सहितको उपस्थितमा सम्पन्न भएको कार्यक्रममा अवधारणा पत्र बुझ्दै दलित र दलित महिलाको लागि सधैँ काम गर्ने र आगामी नीति तथा कार्यक्रममा दलितका सवालहरू समावेश गरेर नगरपालिका अगाडि बढ्ने र सँगसँगै हातेमालो समेत गर्न तयार रहेको नगर प्रमुख विजय खड्काले बताउनु भयो ।

Shaileshwori
Loading...