दिपायल सिलगढी नगरपालिकाले ल्यायो ६१ करोड बढीको बजेट 

डोटी : दिपायल सिलगढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ६१ करोड ३७ लाख ३८ हजार बराबरको बजेट ल्याएको छ । शुक्रवार नगरपालिकाको सभा हलमा भएको ११ औँ नगर सभाले चालू आर्थिक वर्ष २०७९/८० का लागि उक्त बजेट ल्याएको हो ।
नगरपालिकाले चालु तर्फ ३८ करोड ७७ लाख ८ हजार ६ सय र पुजिगत तर्फ २२ करोड ६० लाख २९ हजार ४ सय रुपियाँ बजेट विनियोजन गरेको छ । नगरपालिकाका उपप्रमुख कलावती साउदले आगामी आर्थिक वर्ष २०७९–८० का लागि नगरपालिकाको वार्षिक नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी थिइन् ।
Sayalb
नीति कार्यक्रम तथा बजेट प्रस्तुतका क्रममा उनले नगरपालिकाले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको बताइन । त्यस्तै शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास लगायतका क्षेत्र नगरपालिकाको प्राथमिकतामा परेका छन् ।
Shaileshwori
Loading...