समावेशी विकास परियोजना हस्तान्तरण 

शिव ओली, डोटी

डोटीको जोरायल गाउँपालिकामा सञ्चालित समुदायमा आधारित पुनः स्थापना मार्फत समावेशी विकास परियोजना हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

Sayalb

परियोजना हस्तान्तरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गा दत्त ओझाले जोरायल गाउँपालिकामा अपाङ्गता भएका व्यक्ती र परिवारलाई राहत मिलेको र आफ्नो हक अधिकार सुनिश्चित गरेको बताए । आगामी दिनमा परियोजना नभएपनी परियोजनाले गर्ने कार्यलाई गाउँपालिकाले निरन्तरता दिने र अपाङ्गता भएका व्यक्तिको आय अर्जन, उपचार र सहयोगी सामग्री उपलब्ध गराउने बताइए ।

अपाङ्ग सेवासंघ डोटीका प्रतिनिधि प्रकाश बलायरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा  जोरायल गाउँपालिकाकी उपाध्यक्ष जमुना कुमारी बोहरा, परियोजना सञ्चालन तथा वडा अध्यक्ष जगत बहादुर मल्ल, वीर बहादुर दर्लामी, नन्दराज भट्ट युएमएन डोटीका टिम लिडर रमेस थिङ लगायतको सहभागिता रहेको थियो ।

,कार्यक्रम २०७३ साल श्रावण २० गत्तेबाट सञ्चालन भई यही आषाढ १० मा सम्पन्न भएको हो । कार्यक्रम उपलब्धिमूलक बनेको कार्यक्रमका संयोजक सुनिल जोशीले बताए ।

Shaileshwori
Loading...