सात्फरिमा एक दिने महिला क्षमता विकास कार्यक्रम सम्पन्न

डबल बम, डोटी
बोगटान फुड्सिल गाउँपालिकाको वडा नम्बर ४ मा एक दिने महिला क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । बिहीबार वडा नम्बर ४ सात्फरीले आयोजना गरेको कार्यक्रम सम्पन्न भएको हो ।
धेरै जसो महिलाहरू आफ्नो परिचय दिन समेत नसक्ने तथा विकास योजनाका उपभोक्ता समिति, राजनीतिमा लगायत अन्य थुप्रै काममा पछि परेकाले कार्यक्रमले उनीहरूको क्षमता विकासमा सहयोग गर्नेमा आशावादी रहेको  महिला  सञ्जाल सात्फरिकी अध्यक्ष ज्ञानु मल्ल बमले बताइन् ।
Sayalb
महिलालाई जागरूक बनाउन, नेतृत्व सम्बन्धी साझा धारणा ल्याउन, समुदायमा रहेका महिला समूहलाई क्रियाशील बनाउन, महिला हिंसा तथा घरेलु हिंसाका विरुद्ध खुलेर आवाज उठाउन र व्यक्तित्व विकासका लागि कार्यक्रमको आयोजना गरेको वडा अध्यक्ष दीप बमले बताए । महिलाहरू अझै पनि चुलो चौकामा नै रहेकोले उनीहरूले बाहिरी क्रियाकलापमा क्रियाशील बन्नु पर्ने महिला सदस्य  न्ननि देवी विष्टले बताइन् ।
कार्यक्रममा वडा अध्यक्ष, महिला सदस्य लगायत विभिन्न महिला समूह, बन समूहका सदस्य, महिला स्वास्थ्य स्वयंसेविका लगाएर ४० जनाको  सहभागिता रहेको थियो । कार्यक्रममा प्रशिक्षकको रूपमा बोगटान फुड्सिल गाउँपालिका ग्रामीण विकास परियोजनाका फिल्ड संयोजक गीता जिसी र गाउँपालिकाका महिला बालबालिका शाखा प्रमुख कल्पना सापकोटा रहेकी थिइन ।
Shaileshwori
Loading...