

मोहन ठकुल्ला, डोटी
डोटीको पुर्वीचौकी गाउँपालिकाको आयोजना र रानीढुंगा लालिगुरास एकता समाजको सहकार्यमा एचआइभी सङ्क्रमितलाई न्यानो लुगा वितरण गरिएको छ । हिजो साना गाउँमा एक औपचारिक कार्यक्रम बिच जम्मा १०५ जनालाई वितरण गरिएको हो ।
उक्त पालिकाका वडा नम्बर १ देखि ७ नम्बर सम्मका सम्पूर्ण एचआइभी सङ्क्रमितहरूलाई प्रति एक व्यक्ति रु तीन हजार तिन सयका दरले जम्मा रु तीन लाख ५० हजार बराबरका ब्लाङकेट वितरण गरिएको हो । कार्यक्रममा पुर्वीचौकी गाउँपालिकाका उपाध्यक्ष डोटी जिल्ला अस्पतालका इन्चार्ज, एचआइभी सङ्क्रमित व्यक्ति र जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
