डोटीमा बजार अनुगमन ग्रामीण क्षेत्रमा पनि निरन्तर गरिने

गणेश मौनी 
असार १७, डोटी
डोटी जिल्लामा बजार अनुगमन कार्य सहरी क्षेत्रमा मात्र नभई ग्रामीण क्षेत्रमा पनि निरन्तर रूपमा गरिने भएको छ ।बजारमा हुने गरेको कालोबजारी र मुल्यबृद्धीलाई नियन्त्रण गरी उपभोक्ताहरूको खाद्य अधिकारलाई मध्यनजर गर्दै बजार अनुगमन कार्यलाई निरन्तरता दिइने डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन् । उनले भनिन बजार अनुगमन कार्यको लागि हामी कुनै चाड बाडको समय कुर्दैनौ समय परिस्थिति अनुसार अनुगमन निरन्तर चलिरहन्छ ।
डोटीमा बजार अनुगमन आवश्यकता अनुसार जिल्लाका सबै बजार क्षेत्रमा गरिनेछ त्यसैले यस कार्यलाई सहयोग गर्न सबै जिम्मेवार बन्नुपर्छ  सो कार्यलाई सबै सरोकारवाला निकाय, स्थानीय सरकार, नागरिक समाज, पत्रकार सबैले सहयोग गर्नु पर्ने समेत प्रजिअ श्रेष्ठले बताइन् ।
जिल्ला प्रशासन कार्यालय डोटीको नेतृत्वमा शुक्रवार शिखर नगरपालिकाको केही क्षेत्रमा गरिएको संयुक्त  अनुगमन टोलीले केही म्याद गुज्रेका खाद्य सामाग्रीहरू समेत नष्ट गरेको छ । शिखर नगरपालिकाको गोपघाट र लुवाखडी क्षेत्रमा गरिएको अनुगमन टोलीले २० हजार ६ सय २० रुपैयाँ बराबरको खाद्य सामाग्रीहरू बरामद गरी नष्ट गरिएको अनुगमन टोलीले जनाएको छ ।
उपभोक्ताहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै बजारमा हुने गरेको कालोबजारी,  नियम बिवरीत मूल्य, म्यान नाघेका चिजबस्तुहरुको नियन्त्रण गर्नका लागि बजार अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय डोटीकी प्रशासकीय अधिकृत एवं अनुगमन टोली संयोजक रमा कुँवरले बताइन् । उनले भनिन अनुगमन कार्य नियमित रूपमा हुँदा कालोबजारी नियन्त्रण हुने बताइन् । बजार अनुगमनका कम्रमा खाद्य पर्दाथ सुजी, मसालाहरू, दालमटहरु, बिस्कुटहरू प्राय बढी मात्रामा म्याद गुज्रेका भेटिने गरेका प्रशासकीय अधिकृत कुँवरले बताइन् ।
खाद्य पदार्थको गुणस्तरको दृष्टिकोणले उपभोक्तहरु नै सचेत हुनुपर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डोटीका प्राविधिक सहायक सागर सापकोटाले बताए । उनले भने बजार अनुगमनको कार्यमा सहभागी हुँदा प्राय खाद्य पर्दाथमा म्याद नाघेका, पकाउने खाद्य सामाग्रीहरूमा कलर प्रयोग गर्ने गरेको र सरसफाइको दृष्टिकोणले व्यवस्थित हुन नसकेको जस्ता समस्याहरू देखिएका समेत प्राविधिक सहायक सापकोटाले बताए । उपभोक्ताहरूले सामागि खरिद तथा प्रयोग गर्दा म्याद हेरेर मात्र प्रयोग गर्न सुझाव समेत दिएका थिए ।
नापतौलका सामग्रीहरू सम्बन्धित कार्यालयबाट परीक्षण पश्चात् मात्र प्रयोग गर्न आवश्यक रहेको गुणस्तर तथा नापतौल कार्यालय सिलगढीका प्रमुख शम्भु आचार्यले बताए । उनले भने बजारमा अनुगमन गर्दा आधारभूत रूपमा राम्रो देखिएपनी केही पसल सञ्चालकहरूले प्रमाणपत्र नवीकरण नगरेको, केही ब्यावसायीले अनुमति नलिई सञ्चालन गरेको, आवश्यक कागजात ठिक ठाउँमा व्यवस्थित सबैले देख्ने गरेर राख्न नसकेको पाइयो ।
संयुक्त अनुगमन टोलीले खाद्य सामाग्रीको म्याद, गुणस्तर, नापतौलको अवस्था, ब्यवसायीकले सम्बन्धित निकायमा दर्ता आबद्धता कागजातहरू सबैले देख्ने गरी राख्ने गरे नगरेको,  व्यवसायको नाम,मुल्यसुची हेर्नुका साथै नभएको व्यवसायीलाई राख्न निर्देशन गरिएको थियो । अनुगमनका क्रममा बढीमा मात्रामा म्याद नाघेका सुजी, दालमटहरु, बिस्कुट, मसालहरु भेटिएका थिए ।
अनुगमन कार्यमा प्रहरी, प्रशासन, गुणस्तरीय तथा नापतौल कार्यालय, खाद्य नियन्त्रण तथा गुण नियन्त्रण डिभिजन, स्वास्थ्य कार्यालय, पत्रकार, उद्योग वाणिज्य सङ्घ, साना तथा घरेलु उद्योग विकास कार्यालय लगाएको सहभागिता रहेको थियो ।
वर्षको एक पटक चाडबाडको समयलाई लक्षित गर्ने गरेको  बजार अनुगमन कार्य यस वर्ष भने ३ महिनाको समयावधिमा २ पटक भइसकेको छ ।
Sayalb
Shaileshwori
Loading...