
गणेश मौनी
असार २४, डोटी
जिल्ला प्रशासन कार्यालय डोटीले बुधवार सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका अमरगढी नगरपालिका–६ छचोडाका २७ वर्षीय वीरेन्द्र ताम्राकारको खोजी कार्य तीव्र पारेको छ ।
डडेलधुराबाट मलामी गएका ताम्राकार डोटीको शिखर नगरपालिका–१० गहनान क्षेत्रबाट बेपत्ता भई हाल सम्म नभेटिँदा खोजी कार्य लाई तीव्रता दिएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन् । उनले भनीन हामीले बेपत्ता भएको दिन देखि हामी सँग भएको सुरक्षा निकायको जनशक्ति र श्रोत साधनको भरपुर मात्रामा प्रयोग गरेर खोजिकार्य अगाडी बढाएका छौ । वर्षातको कारण पानी धमिलो हुँदा भेटाउन गाह्रो भइरहेको बताइन् । शुक्रवार पनि सेती नदी र आसपासका क्षेत्रमा सयौँको सङ्ख्यामा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले ढुङ्गाको प्रयोग सहित खोजिकार्य जारी राखेको समेत प्रतिअ श्रेष्ठले बताइन् ।

बेपत्ता भएका ताम्राकारको खोजी कार्य भइरहेको भए पनि वर्षातका कारण नदीमा पानीको बहाव बढेको र पानी धमिलो भएका कारण भेटाउन गाह्रो भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी भोला भट्टले बताए । उनले भने बेपत्ता भएको दिन देखि नै हामी निरन्तर खोज कार्यमा छौ । सेती नदिको क्षेत्रमा पर्ने सबै इलाका बाट प्रहरी परिचालन गरिएको समेत प्रहरी नायब उपरीक्षक भट्टले बताए ।
सेती नदिमा बेपत्ता भएका व्यक्तिको खोजी कार्यका लागि आफूसँग भएको जनशक्ति, श्रोत साधन पूर्ण रूपमा परिचालन गरिएको सशस्त्र प्रहरी नेपाल नम्बर ३६ हेड क्वाटर दिपायलका प्रहरी उपरीक्षक वीर सिंह साहुले बताए । उनले भने हामीलाई बेपत्ता भएको खबर आउने बित्तिकै हाम्रो टोली भइसकेको हो ।बर्सातका कारण पानिको बाह बढेको छ पानी धमिलो छ त्यसैले भेटाउन गाह्रो भइरहेको समेत बताए । प्रहरी नायब उपरीक्षक दीपक बिस्टको नेतृत्वमा १५ जना बेपत्ता व्यक्तिको खोजी कार्यमा टोली परिचालन गरिएको समेत प्रहरी उपरीक्षक साहुले बताए ।
सेती नदीमा आफन्तको शव जलाउन गएका बेला उनीसँगै अर्का विनोद ताम्राकार पनि नदीमा बगेका थिए । तर, उनी करिब २ सय मिटर तल बानीडुग्रीसैन नजिक घाइते अवस्थामा फेला परेका थिए।
