घण्टेश्वर माध्यमिक विद्यालयको ७ कोठे भवन उद्घाटन

शिव ओली, डोटी

भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्त कुमार सोनाहले डोटीको जोरायल गाउँपालिकामा रहेको घण्टेश्वर माध्यमिक विद्यालयको सात कोठे भवनको उद्घाटन गरेका छन् । भारतीय राजदूतावासको आर्थिक सहयोगमा निर्माणाधीन ७ कोठे भवन करिब एक करोड २२ लाखमा सम्पन्न गरिएको घण्टेश्वार माध्यमिक विद्यालयका प्रधानाध्यापक सुनलाल थापाले बताए ।

नेपाल र भारत बिच भाइचाराको सम्बन्ध रहेकोले भारतले नेपालीहरू शिक्षित भएको देख्न चाहने कुरा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका द्वितीय सचिव सोनाहले बताए । दुई देश बिचको सम्बन्ध प्रगाढ रहोस् भन्दै उनले शुभकामना समेत व्यक्त गरे ।

नेपाल भारत मैत्री सङ्घका केन्द्रीय उपाध्यक्ष तथा कार्यक्रमका विशिष्ट अतिथि पदमराज जोशीले नेपाल भारत बिच धर्म सस्कृती परम्परा सबै मिल्ने र नेपालीहरू भारतका तीर्थस्थलमा अस्तु लगेर पनि जाने गरेका कारण पनि दुई देश बिच पारिवारिक सम्बन्ध रहेको बताए । प्रत्येक वर्ष भारतबाट एम्बुलेन्स, स्कुल बस, औषधी, ठुला ठुला पुलहरु र विद्यालयका भवनमा सहयोग हुँदै आएको र आगामी दिनमा सहयोगले निरन्तरता पाउनेमा आशावादी रहेको उनले बताए ।

Sayalb

डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जोरायल रमणीय ठाउँ भएको बताउँदै बालबालिका शिक्षित भए असल नागरिक उत्पादन हुने र असल नागरिक उत्पादन भए देशको विकास हुने बताइन् । जोरायलमा गत वर्षको अविरल बर्सातका कारण ७ जनाले ज्यान गुमाएको स्मरण गर्दै बर्सातको समय भएकाले सबैलाई सचेत रहन उनले आग्रह गरिन ।

भारतीय सशस्त्र प्रहरी बलले नेपालीलाई दुख दिने गरेको र सीमा स्तम्भहरू सार्ने गरेकोले यसो नगर्न राजदूत सोनाह समक्ष जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गा दत्त ओझाले आग्रह गरे ।

कार्यक्रममा जिल्ला समन्वय समिति डोटीका संयोजक लक्ष्मण सिंह, जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख शारदा चौधरी, जोरायल गाउँपालिकाकी उपाध्यक्ष जमुना कुमारी बोहरा, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख मदन राज जोशी, अनुसन्धान प्रमुख डिकम्बर गिरी लगायत विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि शिक्षक अभिभाबक, विद्यार्थी, सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम, देउडा खेल, मायाको चिनो वितरण समेत गरिएको थियो ।

 

Shaileshwori
Loading...