सायल गाउँपालिका तत्कालिन प्रमुख प्रशाकिय अधिकृत सहित ७ जना बिरुद्ध बिशेष अदालतमा मुद्धा दायर

अख्तियार दुरुपयोग आयोगले डोटीको सायल गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकिय अधिकृत सहित ७ जना बिरुद्ध बिशेष अदालतमा मुद्धा दायर गरिएको छ ।
तत्कालिन निमित्त प्रमुख नवराज सापकोटा, तत्कालीन इन्जिनियर किरण सागर भण्डारी, गाउँपालिका अध्यक्ष वडा –५ वडा अध्यक्ष गणेशबहादुर वोगटी, तत्कालीन लेखापाल दीपक कार्की,उपभोक्ता समितिका अध्यक्ष दुली डुम्रेल, सचिव पदमबहादुर खाती र कोषाध्यक्ष डोल्मा कुमारी वोगटी ‘खड्का’ ले १४ लाख ३४ हजार २८६.१४ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आज विशेष अदालतमा मुद्दा दायर भएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।
उनका अनुसार दायर गरिएको मुद्दामा प्रत्येकसँग १४ लाख ३४ हजार २८६.१४ रुपैयाँ बिगो दाबी गरिएको छ ।
आर्थिक वर्ष २०७६/०७७ मा विनियोजन रकमबाट मेल्लेख चपन्ना सडकको काम नगरी मिलेमतोमा रकम भुक्तानी दिइ अनियमितता गरेकोबारे उजुरी परेको थियो । उजुरीका आधारमा छानविन गर्दा अनियमितता गरेको पाएपछि सातैजनाविरुद्ध मुद्दा दायर भएको अख्तियारले जनाएको छ।

Sayalb
Shaileshwori
Loading...