नगरपालिका धार्मिक अगुवासंग सहकार्यगरी अघी बढ्छ : नगर प्रमुख रावत

Sayalb

प्राकृतिक प्रकोप न्यूनिकरणमा धार्मिक अगुवाहरुलाई साथमा लिएर काम गर्ने घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडकबहादुर रावतले बताए । प्रकोप न्यूनिकरणमा धार्मिक अगुवाहरुको भूमिका सम्बन्धी आयोजना गरिएको तालिमको उद्घाटन कार्यक्रममा बोल्दै रावतले उक्त कुरा बताएका हुन । उनले भने ‘हानिकारक परम्परा न्यूनिकरण, प्राकृतिक प्रकोपको न्यूनिकरण गर्नका लागी धार्मिक अगुवा र हामी सहकार्य गरेर अघी बढ्न आवश्यक छ नगरपालिका त्यसका लागी आवश्यक पहल कदमी लिन्छ ।’
धार्मिक अगुवा मार्फत सरकारका निती नियम तथा कानुन बारे जानकारी दिइ आम नागरिकलाई सचेत गराउने उदेश्यका साथ तालिम प्रदान गरिएको निरन नेपालका सुदूरपश्चिम प्रदेश अधिकृत डिलबहादुर सिंहले बताए ।
सबै धर्मका अगुवाहरु सम्मेलित रहेको अन्तर धार्मिक सञ्जालसंगको सहकार्यमा काम गर्न नगरपालिका ईच्छुक रहेको नगर उप–प्रमुख गुलिया चौधरीले बताईन् । उनले भनिन् ‘ हामीले बिद्यमान रहेका हानिकारक परम्परा अन्त्य गर्नका लागी अझ धेरै काम गर्न आवश्यक छ, ति कामहरु धार्मिक अगुवासंगको साथ र सहयोगबाट मात्र सम्भब रहेको छ ।’
बुधबार देखी सुरु भएको प्रकोप न्यूनिकरणमा धार्मिक अगुवाहरुको भूमिका बिषय दुई दिने तालिम कैलालीको घोडाघोडी नगरपालिकामा बिहिबार सम्पन्न भएको छ । राष्ट्रिय अन्तर धार्मिक सञ्जाल (निरन नेपालं)ले आयोजना गरेको उक्त तालिममा कैलाली, डोटी र अछामका दुई दर्जन धार्मिक अगुवाहरु सहभागि रहेको थियो ।
प्राकृतिक बिपद् न्यूनिकरणमा धार्मिक अगुवाहरुले भूमिका बारेमा प्रकाश पारिएको राष्ट्रिय अन्तर धार्मिक सञ्जाल घोडाघोडीको अध्यक्ष शिब प्रशाद ढकालले बताए ।

Shaileshwori
Loading...