
डोटी : शुक्रबार साँझ आएको हावाहुरीमा परि डोटीमा एक बालक घाइते भएका छन् । हावाहुरीले घरको पत्थर (ढुंगाबाट घर छाउन बनाईएको साधन) खस्दा बोगटान फुड्सिल गाउँपालिका ७ चवराचौतारा दाच्का निवासी हिमाल कुडमालका ३ वर्षिय छोरा बिजय कुडमाल घाइते भएका हुन् ।
घरको आगनमा खेलिरहेका उनको टाउकोमा पत्थर खसेको उनका बुवा हिमालले जानकारी दिएका छन् । घाइते विजयको चवरा चौतारा स्वास्थ्य चौकीमा अक्सिजनको सहायतामा उपचार भइरहेको छ ।

ठाउँकोमा दुई ओटा घाउ लागेकोले एउटामा ३ र एउटामा एक गरेर ४ टाका लगाएको स्वास्थ्य चौकी प्रमुख प्रकाश विकले बताए । घाइतेको अवस्था घम्भिर रहेको र थप उपचारका लागि दिपायल पठाएको प्रमुख बिकले बताए ।
साथै हावाहुरीले हिमालको घरमा समेत क्षति पुगेको छ ।
