सुदूरपश्चिममा विद्युत् सेवा अवरुद्ध

सुदूरपश्चिम प्रदेशभर विद्युत् सेवा अवरुद्ध भएको छ । १३२ केवीको टनकपुर लाइन प्राविधिक समस्याका कारण र नेपाल तर्फको राष्ट्रिय प्रसारण लाइमा रुख ढलेका कारण विद्युत् अवरुद्ध भएको हो ।
Sayalb
विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाका अनुसार सुदूरपश्चिमका नौ जिल्ला र कर्णाली प्रदेशका केही स्थानमा सेवा अवरुद्ध रहेको छ ।
समस्या समाधानको कार्य भइरहेकाले विद्युत् सेवा सुचारु हुन केही समय लाग्ने बताइएको छ । विद्युत् सेवा अवरुद्ध हुँदा सुदूरपश्चिमभरका सञ्चारमाध्यम, कलकारखाना र उद्योगहरूलाई समस्या भएको छ । यस्तै गर्मीको समय हुँदा सेवाग्राही मारमा परेका छन् ।
Shaileshwori
Loading...