ससुराली हिँडेका ५० वर्षीय पुरुष मृत फेला 

सिलगढी :  डोटीमा एक जना मृत फेला परेका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८ का ५० वर्षीय डिले कडायत सोही वडाको सेटीगाँउ अमतोला धारा नजिक खोलामा मृत भेटिएका हुन् ।
Sayalb
शुक्रवार बिहान ८ बजे ससुराली जान भनेर हिँडेका उनी शनिवार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।  अहिले शव पोस्टमार्टमको  लागि जिल्ला अस्पताल डोटी ल्याइँदै छ । घटनाको बारेमा थप जारी रहेको प्रहरीले बताएको छ ।
Shaileshwori
Loading...