
डोटी : गैर सरकारी संस्था महासङ्घ नेपाल शाखा डोटीको कार्यालय उद्घाटन गरिएको छ । जिल्ला समन्वय डोटीको सहरीकरणमा शनिवार समन्वय प्रमुख लक्ष्मण बहादुर सिंहको प्रमुख आतिथ्ययतामा सिलगढी स्थित कार्यालयको उद्घाटन गरिएको हो ।
यो भन्दा पहिले महासङ्घको आफ्नै कार्यालय नहुँदा कामकाजमा समस्या हुँदै आएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै समन्वयात्मक भूमिका आफूले निर्वाह गर्ने समन्वय प्रमुख सिंहले बताए । गैर सरकारी संस्था महासङ्घ नेपाल शाखा डोटीको लागि डोटीमा रहेका स्थानीय तह लगायत सहकार्य गर्नु पर्ने सबै सँग समन्वय गर्न आफू तयार रहेको उनले बताए ।
महासङ्घलाई कार्यालय उपलब्ध गराएर सहयोग गर्ने जिल्ला समन्वय समिति लगायत समन्वय प्रमुख लक्ष्मण सिंहलाई महासङ्घ जिल्ला शाखा डोटीका अध्यक्ष लाल बहादुर विकले धन्यवाद दिए ।

