नदी कटानका कारण सिद्वेश्वर मावि जोखिममा

इन्द्र शाही, डोटी
सेती नदीको कटानका कारण शिखर नगरपालिका वडा नम्बर १० बानेडुग्रिसैनमा रहको सिद्वेश्वर माद्यायामिक विद्यालय जोखिममा परेको छ । सेती नदीले विद्यालय रहेको किनारामा कटान गर्न थालेपछि विद्यालय जोखिममा परेको हो ।

विद्यालय जोखिममा परेपछि भैरव प्रसाद गण सिलगढी डोटीका ७० जना सेना र ३६ नम्बर गण जोगिडाका ४५ जना सशस्त्रले नदिले कटान गरेको ठाउँ तटबन्धको कार्य गरेका छन् ।
वि.स २०३३ सालमा स्थापना भएको विद्यालयमा कक्षा १२ सम्म पठनपाठन हुने गरेको छ ।

Sayalb

अहिले विद्यालयमा करिब पाँच सय जना विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालय अन्यत्र सार्न जमिन विद्यालयसँग नरहेको विद्यालय प्रशासनले जनाएको छ ।

Shaileshwori
Loading...