
डोटी : पुर्वप्रधानमन्त्रि तथा नेकपा (कीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालल गठबन्धनको गीत मात्र गाउँदा स्थानीय तहको निर्वाचनमा अपेक्षित सिट हासिल गर्न नसकिएकोे बताए । पार्टीको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमका लागि डोटी पुगेका नेपालले आफ्नै बलमा चुनाव लडेको भए स्थानिय तहको निर्वाचनमा एक सय भन्दा बढी पालिकामा जित हुने कुरा बताउँदै गठबन्धनमा जालझेल भएको बताए ।
अध्यक्ष नेपालले भने – “हामीले स्थानिय निर्वाचन हेरेका छौ, गठवन्धन भनेर मात्र हुदैन सबै बफादर हुनु पर्छ तर स्थानिय निर्वाचनमा त्यस्तो देखिएन । अब आफ्नै खुट्टामा उभिने हो, सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने हो । चुनाबी मोर्चा बन्न सक्छ तर निर्वाचन अघि कुनै पनि पार्टी संग एकता हुँदैन ।“

संचारकर्मीको प्रश्नको जवाफ दिदै अध्यक्ष नेपाल पाटी एकताको लागि गृहकार्य समेत अगाडि बढेको बताए । तर निर्वाचन अगाडि एकताको सम्भावना नभएको उनको भनाई छ । बिचार र मान्यताबाट सिर्जाना भएको गठबन्धनको औचित्य समाप्त नभएको कुरा उनले बताए । आफुहरुले गठबन्धनलाई कायम राख्न चाहेको उल्लेख गरे । तर चुनावी तालमेलका लागि कसले कति लचकता अपनाउन सक्छन् भन्ने कुरामा गठबन्धन भर पर्ने उनको भनाई छ ।
सुदूरपश्चिम प्रदेशमा भएका साधन स्रोतको अधिकतम उपयोगका लागि जनताको माझ आफसी छलफल परामर्श र एकताबद्ध प्रयास आवश्यक रहेका बताए । जसले गर्दा यहाँ भएका जलस्रोत, पर्यटन प्रबद्र्धन लगायतका क्षेत्रका विकास हुने उनले बताए । यसै विच पार्टी अध्यक्ष नेपालले सुदुरपश्चिमको प्रशिद्व धार्मिकस्थल शैलेश्वरी मन्दिरमा दर्शन समेत गरेका छन् । मन्दिर दर्शनका क्रममा शैलेश्वरी क्षेत्र विकास समितिले अध्यक्ष नेपाललाई बाजागाजा सहित स्वगत तथा अभिनन्दन समेत गर्नु भएको थियो ।
