
डाेटी / माओवादी केन्द्र डाेटीले २ महिने जन सम्बन्ध विस्तार, संगठन सुदृढीकरण अभियान तथा प्रशिक्षण कार्यक्रम आज साेमवार देखि सुरु गरेकाे छ ।
पार्टीकाे जिल्ला समन्वय कमिटीकाे निर्णय अनुसार अभियान दिपायल सिलगढी नगरपालिका देखि सुरु भएकाे उक्त पार्टीका डाेटी संयाेजक कमल वहादुर गड्सिलाले बताए । गड्सिलाले भने- “हामी दुई महिनाकाे अबधिमा जनताकाे घरघर सम्म पुगेर पार्टीकाे विचार, नितिका बारेमा जनतालाई जानकारी दिनेछाै । संगठन निर्माण तथा सुदृढीकरण गर्ने छाै, संगठनहरुलाई प्रशिक्षण दिनेछाै ।”

उक्त पार्टीका पोलिटब्युरो सदस्य तथा सुदुरपश्चिम प्रदेश सरकार माननिय मुख्यमन्त्री त्रिलोचन भट्टको प्रमुख आतिथ्यता, पार्टीका केन्द्रीय सदस्य तथा डाेटी ईन्चार्ज शिव सिँ ओलीकाे विशिष्ट आतिथ्यता, नगर संगठन कमिटीका अध्यक्ष असाेक साेपकाे सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा केन्द्रीय सदस्य, प्रदेश सहसचिब, प्रदेश सदस्य, जिल्ला संयाेजक, सचिब लगायतका नेताहरुकाे सहभागिता रहेकाे थियाे ।
आज १६ गते दिपायल सिलगढी नगरपालिका श्रवण १७ गते केआईसिंह गाउँपालिकाकाे वायल, श्रावण १८ गते शिखर नगरपालिका, श्रावण२० गते सायल गाउँपालिका, १९ गते आदर्श गाँउपालिका, श्रावण २१ गते पुर्बिचौकी गाउँपालिका, श्रावण २२ गते जोरायल गाउँपालिका, श्रावण१३ गते बडीकेदार गाउँपालिका र श्रावण २४ गते बोगटान गाउँपालिका कार्यक्रम हुने उक्त पार्टीका संयाेजक गड्सिलाले बताए ।
