पाँच महिनापछि डोटीमा कोरोना देखियो, सोमवार ५ जनामा सङ्क्रमण पुष्टि

Sayalb
सिलगढी : डोटीमा सोमवार ५ जना कोरोना सङ्क्रमित थपिएका छन् । १९ जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार कोरोना सङ्क्रमण पुष्टि भएका ४ जना जोरायल गाउँपालिकाका र एक जना आदर्श गाउँपालिकाका नागरिक हुन् । २०७८ फागुन २३ गते देखि डोटीमा कोरोना सङ्क्रमित भेटिएका थिएनन् ।
नेपालमा कोरोनाका सङ्क्रमित दिन प्रतिदिन बढ्दै गएको समयमा डोटीमा पनि कोरोनाका सङ्क्रमित फेला परेकाले नागरिकले सजगता अपनाउनु पर्ने स्वास्थ्य कार्यालय डोटीका प्रमुख डिल्लीरमण जोशीले बताए । पाँच महिना पछि डोटीमा कोरोनाका सङ्क्रमित फेला परेकाले कोरोना सङ्क्रमण थप समुदायमा फैलिन सक्ने कुरालाई मध्यनजर गर्दै नागरिकले सजगता अपनाउनु पर्ने उनले बताए ।
मास्क प्रयोग गर्ने, कोरोना खोप नलगाएकाले खोप लगाउनु पर्ने, अनावश्यक भिडभाडमा नजाने, रुघाखोकी ज्वरो आयो भने नजिकैको स्वास्थ्य संस्थामा गएर जाँच गर्ने लगायतका कार्य गर्न स्वास्थ्य कार्यालय प्रमुख जोशीले आग्रह गरे ।
Shaileshwori
Loading...