नारद नेपाली, डोटी
डाेटीकाे जाेरायल गाउँपालिका वडा नम्बर २ मा अगुवा कृषक, उत्पादनकर्ता, कृषकहरू, सहकारीका पदाधिकारीहरु, बिक्रेता, बजार प्रतिनिधिका बिच अन्तरक्रिया गाेष्ठी कार्यक्रम सम्पन्न भएकाे छ ।
इएलसिए र लुथरन विश्व फेडेरेशन नेपालकाे आर्थिक सहयाेग र उपेक्षित समुदाय सशक्तीकरण तथा विकास मञ्च डाेटीद्वारा संचालित मुक्त हलिया तथा आन्तरिक विस्थापित समुदायकाे आर्थिक तथा सामाजिक अधिकार प्रवर्द्धनका लागि सामुहिक प्रयास २ (साहस २) परियाेजना अन्तरगत मंगलबार जाेरायल गाउँपालीकाका जनप्रतिनिधि संस्थाका पदाधिकारी लगायतका बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे हाे ।
कृषकहरुलाई विभिन्न व्यवसायबाट उत्पादन गरेकाे बस्तुलाई बजनर सम्म पुर्याउन, व्यवसायमा थप जाेड दिन, किसानले उत्पादन गरेका वस्तुको बजारिकरण लगायतका विषयमा छलफल गरेकाे संस्थाका सचिव जयन्द्र खड्काले बताए ।
बुडरमा रहेका मुक्त हलिया समुहका किसानले उत्पादन गरेका विभिन्न तरकारीले बजार मुल्य नपाइरहेको अवस्थामा सिर्जना भएको समस्यालाई समाधान गर्न र गाउँबाट बजार सम्म पुगाउन समस्य भएकाले तरकारी संकलन केन्द्रकाे खाचाे परेकाे किसानको भनाई रहेकाे छ ।
उपेक्षित समुदाय सशक्तीकरण तथा विकास मञ्च डाेटीले गरेकाे ६ हजारकाे सहयाेग बाट केही आफुले थपेर १ बाख्रा किनेको र अहिले १२ काला बाख्रा पालिरहेकाे मेलखाेला मुक्त हलिया समुहकी सदस्य दुर्पति बिकले बताइन् ।