शुभकामना आदानप्रदान कार्यक्रम

सुवास नेपाली

साउन २७, डोटी 

Sayalb

जनैपुर्णिमा तथा रक्षा बन्धनको अवसर पारि शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षा सूत्र बाँध्ने प्रचलन रहँदै आएको छ।

उक्त कार्यलाई निरन्तरता दिँदै सिलगढी स्थित भैरव प्रसाद गणको आयोजनामा उक्त शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो। शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै भैरव गणका गणपति जन्मत बहादुर कार्कीले हाम्रा असङ्ख्य चाडपर्वहरूले हामी नेपालीहरूको बेग्लै पहिचान स्थापित गरेको भन्दै हाम्रो रीतिरिवाज र परम्पराको संरक्षण र संवर्द्धन गर्नुपर्ने कुरामा जोड दिँदै गणपति कार्कीले रीतिरिवाज र परम्पराको सही रूपमा अनुसरण गर्ने हो भने शारीरिक रूपमा पनि लाभ मिल्ने पनि बताउनु भयो ।

शुभकामना आदानप्रदान कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी सिंह खडका लगायतको उपस्थिति रहेको थियो।पछिल्लो समय डोटी स्थित भैरव प्रसाद गणले खेलकुद, संस्कृति जगेर्ना, समाज सेवा लगायतका कार्यमा आफ्नो सक्रियता बढाए सँगै जनताको मन जित्न सफल भएको छ।

Shaileshwori
Loading...