
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता संशोधन विधेयक संसद्मै फिर्ता पठाइदिएकी छन्। झन्डै दुई सातादेखि विचाराधीन नागरिकता संशोधन विधेयक आज संसद्मै फिर्ता पठाइएको हो ।
उनले संसद्का दुवै सदनबाट बहुमतले पारित उक्त विधेयकलाई प्रमाणीकरण नगरीकन फिर्ता पठाएकी हुन्।

राष्ट्रपति कार्यालयले एक वक्तव्य जारी गर्दै त्यसबारे जानकारी दिएको छ।
उक्त वक्तव्यमा राष्ट्रपतिले “सन्देशसहित” विधेयक प्रतिनिधिसभामा फिर्ता गरेको उल्लेख छ।
