
डोटी : डोटीमा खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन् । जिल्लाको सायल गाउँपालिका-६ रौकल्ला निवासी शेर बहादुर साउदकी ९ वर्षिया छोरी सीता साउँद ठुला खोलाले बगाउँदा बेपत्ता भएकी हुन् ।

आइतबार दिदी भगवती सँग गोरु गोठाला गएकी सीतालाई अपराह्न ४ बजेतिर खोलाले बगाएको सायल गाउँपालिका(६ का वडा अध्यक्ष दीपक साउदले जानकारी दिए । आइतबार दिउँसो ठुलो पानी परेको थियो । पानी परेपछि बढेको उक्त खोला तर्ने क्रममा उनी बगेकी हुन् ।
अहिले अस्थायी प्रहरी पोस्ट कलेनाको टोली र स्थानीयले बेपत्ता उनको खोज कार्य गरिरहेका छन् ।
