डोटीमा खोलाले बगाउँदा बेपत्ता भएकी बालिकाको शव फेला

सिलगढी : डोटीमा खोलाले बगाउँदा बेपत्ता भएकी बालिकाको शव फेला परेको छ । आइतबार ठुला खोलाले बगाउँदा बेपत्ता भएकी सायल गाउँपालिका–६ रौकला निवासी शेर बहादुर साउदकी ९ वर्षिया छोरी सीता साउँदको शव सोमवार फेला परेको हो ।
Sayalb
आज करिब १२ बजेतिर उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक भोला कुमार भट्टले जानकारी दिए । अस्थायी प्रहरी पोस्ट कलेनाको प्रहरी टोलीले बगेको ठाउँ देखि अन्दाजी ३ किलोमिटर तल शव फेला पारेको र शवको पहिचान समेत भैसकेको उनले बताए । अस्थायी प्रहरी पोस्ट कलेनाको प्रहरी टोली सोमवार बिहानै देखी उनको खोजी गर्न खटिएको थियो ।
आइतबार दिदीसँग गोरु गोठाला गएकी सीता अपराह्न ४ बजेतिर खोला तर्ने क्रममा खोलाले बगाउँदा बेपत्ता भएकी थिइन् ।
Shaileshwori
Loading...