पुर्विचौकीले ज्यालादारीका कर्मचारीको समयावधि थप्यो 

Sayalb
सिलगढी : डोटीको पुर्विचौकी गाउँपालिकाले ज्यालादारीका कर्मचारीको ज्यालादारी समयावधि लम्ब्याउने भएको छ । गाउँपालिकाले गत साउन १ करारका कर्मचारीको करार अवधि नथप्ने भन्दै एक महिना ज्यालादारीमा काम लगाउने निर्णय गरेको थियो । उक्त एक महिनाको समयावधि आज देखी सकिएको छ ।
गाउँपालिकाले मंगलवार (आज) सूचना जारी गर्दै भोलि (बुधवार) देखि ज्यालादारीका कर्मचारीलाई नियमित काममा आउन भनेको छ । भाद्र १ गते देखि अर्को निर्णय नहुन्जेल सम्मका लागि नियमित काममा आउन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गगन भण्डारीद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ ।
Shaileshwori
Loading...