
धन बोहरा, डोटी
डोटीमा एक महिला लुटिएकी छन् । बुधवार जिल्लाको सायल गाउँपालिका वडा नम्बर ६ कटलगाउँ घर भएकी अन्दाजी २७ बर्षिया पार्वती कटुवाल लुटिएकी हुन् । आदर्श गाउँपालिका वडा नम्बर ६ माइती घर जाने क्रममा अपरिचित व्यक्तिले उनका गरगहना लुटेर भागेका छन् ।
आज बिहान करिब साढे ११ बजेको समयमा बिच बाटो आदर्श ३ अलचौड जङ्गलमा उनी लुटिएको इलाका प्रहरी कार्यालय आदर्शका प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए । प्रहरी निरीक्षक जोशीका अनुसार लुटेराले ज्यान मार्ने धम्की दिँदै उनले लगाएको साढे तिन तोला बराबरका सुनका गरगहना लुटेका हुन् ।
घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । दिउँसै महिला लुटिएपछि स्थानीय त्रसित भएका छन् ।

