
भाद्र २, डोटी
डोटीको जोरायलगाउँ पालिकाले कोभिड १९ पूर्ण खोप युक्तपालिका घोषणा गर्नका लागि पालिकाभित्र खोप लगाउन छुटेकाहरुको तथ्यांक खोजी गरी तिनीहरुलाई खोप लगाउने अभियानलाई तिब्रता दिईने भएको छ । बिहीबार युनिसेफ नेपालको सहयोग जोरायल गाउँपालिकाको समन्वयमा बास नेपालले आयोजना गरेको कोभिड १९ पूर्ण खोप युक्त पालिका घोषणाका लागि पालिका स्तरीय समन्वय बैठकमा खोप लगाउन छुटेकाहरुलाई खोप लगाउने विषयमा छलफल भएको थियो ।
जोरायल गाउँपालिका भित्र रहेका छुटेकाहरुलाई सबैलाई खोप दिईने जोरायल गाउँपालिकाकी उपाध्यक्ष जमुना बोहराले बताईन् । उनले भनिन हाम्रो गाउँपालिका भित्र रहेको कुनै नागरिक खोप लगाउन बाट छुट्दैन, खोप लगाउन छुटेकाहरुले नजिकको स्वास्थ्य संस्थामा गएर खोप लगाउन आग्रह समेत गर्नु भएको छ । अहिले सम्म एउटा खोप पनि नलगाएको लगाउन नमान्नेहरुलाई पनि परामर्श गरी खोप लगाउन मन्जुर बनाउन पहल गनुपर्ने समेत बताईन् । कोभिड १९ को क्षेत्रमा बास नेपालले गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा पनि सहयोग गर्न आग्रह समेत गरेकी छन् ।

गाउँपालिकालाई समयमै पूर्ण कोभिड खोप युक्तपालिका घोषणा गर्न स्वास्थ्यकर्मि, स्वयय सेबीका र जनप्रतिनीहरु र विभिन्न संघसंस्थाहरु संग समन्वय गरी योजनाबद्ध तरिकाले अभियानलाई अघाडी बढाईने जोरायल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गोबिन्द बिष्टले बताए । उनले भने हामीले कुन वडामा कती जनाले खोप लगाएको छैन भन्ने बास नेपालले तथ्यांक संकलन गरिसकेको छ तीनीहरुलाई हामी खोजेर भएपनी खोप लगाउन्छौ । अहीले हामी संग खोप अभाव छ भाद्र ९ गते देखि ५ वर्ष भन्दा माथीका र १२ वर्ष मुनीका बालबालिकाहरुको लागि फाईजर खोप अभियान संचलन हुदैछ त्यस पश्चात तगत्तै छुटेकाहरुलाई खोप अगाउने अभियान संचालन गर्ने समेत बताए । खोप अभियानलाई तिब्रता दिन सबै निकाए, संघ संस्था, स्थानीयबासी सबैलाई सहयोग गर्न र खोप लागाउन छुटेकाहरुले स्वास्थ्य संस्थामा गएर खोप लगाउन समेत शाखा प्रमुख बिष्टले आग्रह गरेका छन् ।
गाउँपालिकाको सभाहलमा संचालन भएको कार्यक्रममा गाउँपालिकाका जनप्रतिनीधी, कर्मचारी, स्वास्थ्य संस्थाका कर्मचारी, युवा स्वयंमसेवकहरु, बास नेपालका कर्मचारीहरुको पनि सहभागिता रहेको थियो ।
जोरायल गाउँपालिका स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार पहीलो डोज लगाउने संख्या करीब ७५ प्रतिशत भन्दा बढी, दोस्रो डोज लगाउनेको संख्या करीब ८४ प्रतिशत र बुस्टरडोज लगाउनेको संख्या करीब ४० प्रतिशत भन्दा बढी रहेको जनाएको छ ।
बास नेपालले युनिसेफको सहयोगमा सुदुरपश्चिम र कर्णाली प्रदेशमा बाल संरक्षण, जोखिमपूर्ण सञ्चार र सामुदायिक संलग्नता र लैगिंक हिंसा न्यूनिकरण परियोजना संचालन गरिरहेको छ ।
