

पुजा मडै, भाद्र २ डोटी
बागेश्वरी असल शासन क्लब बास जोरायल डोटी उपशाखाको अध्यक्षमा लाल बहादुर नेपाली अध्यक्षमा चयन भएका छन् ।
बिहीबार जोरायल गाउँपालिकामा सम्पन्न युवाहरुको भेलाले लाल बहादुर नेपालीको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति चयन गरेको हो ।
उपाध्यक्षमा छायाँ मडै, सचिबमा सुरेन्द्र बोहरा, कोषाध्यक्षमा पवन देउवा रहेका छन भने अन्य सदस्यहरुमा धिरज रोकाया, जय बहादुर साउँद, रन बहादुर खडायत, लाल बहादुर साउँद, गोमा कुमारी साउँद, आरती पाली, दिपा जोशी, कबिता ओझा, गितारावत महता, सरस्वती बिष्ट, तारा बि.क., चित्रा शाहु र बिमला देउवा कलेल रहेका छन् ।
जोरायल गाउँपालिकाका साझा सवालहरुमा सामाजिक अभियानको रुपमा उठान गर्ने नब निर्बाचित अध्यक्ष लाल बहादुर नेपालीले बताए । बास उपशाखाले आगामी दिनमा गर्ने सम्पूर्ण कार्यक्रमहरु सबै निकाए, पालिकासंगको समन्वय र सहकार्यमा अघाडी बढाईने समेत बताए ।
शुसासन, जवाफदेहीता, पारदर्शिताको क्षेत्रमा काम गर्दै आईरहको बासले पछील्लो समयमा सुदुरपश्चिम प्रदेशमा बाल संरक्षण, महिला हिंसा न्यूनिकरण र कोभिड १९ न्यूनिकरणको क्षेत्रमा स्वयंमसेवक परिचालन लगाएतका विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको बास नेपालका कार्यक्रम अधिकृत गणेश मौनीले बताए ।
देशका ७७ वटै जिल्लामा जिल्ला शाखा रहेको बासले सुदरपश्चिम प्रदेशका सबै जिल्लाहरुमा जिल्ला शाखा रहनुका साथै कैलाली, कंचनपुर र डडेलधुरामा उप शाखाहरु पनि रहेका छन् । डोटीको हकमा भने यो पहिलो उपशाखा हो ।
