नेपाल प्रहरी श्रीमती सङ्घको वार्षिकोत्सवको अवसरमा वृक्षारोपण

डोटी : सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलले शुक्रवार वृक्षारोपण कार्यक्रम गरेको छ । नेपाल प्रहरी श्रीमती सङ्घको ३८ औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रिय कार्यक्रम अनुसार तालिम केन्द्र दिपायलले वृक्षारोपण गरेको हो । वातावरणलाई स्वच्छ, सफा राख्न वृक्षारोपण कार्यक्रम गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अर्जुन चन्द ठकुरीले बताए ।

Sayalb

अम्बा, लप्सी, कल्कीफुल, जामुन, लहरेपीपल र मसलेदार बिरुवाका २ सय ४१ वटा बोटबिरुवाहरू रोपिएको सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए । सूचना अधिकारी बोहराका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायल र प्रहरी प्रशिक्षण स्थल बुडमा वृक्षारोपण गरिएको हो ।

२ सय ६ वटा बोट बिरुवा दिपायल तालिम केन्द्र परिसरमा र ३५ वटा बोटबिरुवा बुडर प्रशिक्षण केन्द्र परिसरमा रोपिएका छन् ।

Shaileshwori
Loading...