
डोटी : डोटीको दिपायलबाट डडेल्धुराका लागि छुटेको जिप दुर्घटनामा परेको छ । आइतवार उग्रतारा यातायातको से १ ज ५०४ नम्बरको जिप ऐरी गाउँ मोडमा दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार घाइते हुनेमा अमरगढी नगरपालिका–१ का कृष्ण सार्की, वडा नम्बर ११ का डम्मरबहादुर दमाई, गन्यापधुरा गाउँपालिका–२ का चित्रा मल्ल, गन्यापधुरा–३ का बाटूँ भुल र नवदुर्गा गाउँपालिका –३ का शारदा पन्त (उप्रेती) रहेका छन् ।
यस्तै गन्यापधुरा गाउँपालिका –२ का पशुपति मल्ल, जनक मल्ल र जिप चालक यदुनाथ उप्रेती पनि घाइते भएका छन् । घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते मध्ये दुई जनालाई रिफर गर्ने तयारी गरेको डडेल्धुरा अस्पतालले जनाएको छ । जिप सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो । दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न नसकेको प्रहरीले बताएको छ ।
