Before Header
After Navigation

राष्ट्रिय स्वतन्त्र पार्टी डोटीको सभापतीमा बोगटी

Sagan sahari bhawan nirman aayojana

राष्ट्रिय स्वतन्त्र पार्टी डोटीको सभापतीमा शंकर बोगटी चयन भएका छन् । दिपायलमा सम्पन्न भएको जिल्ला भेलाले बोगटीको नेतृत्वमा तदर्थ समिति गठन गरेको हो । जिल्ला सचिबमा सुरेन्द्र बहादुर कठायत रहनेगरी ६ सदस्यीय तर्दथ समिति गठन गरिएको जिल्ला सभापती शंकर बोगटीले जानकारी दिए ।
पार्टीको जिल्ला सदस्यहरुमा रामबहादुर साउँद, धनबहादुर बोहरा, कृष्णबहादुर ऐर, र सिद्ध भूल रहेको बोगटीले जानकारी दिएका छन् । एक महिना भित्रै जिल्ला भेलागरी पालिका तथा जिल्ला स्तरिय पुर्ण समिति गठन गर्ने योजना रहेको सभापती बोगटीले जानकारी दिएका छन् ।

Shaileshwori
Loading...