डोटीमा खैरो हिरोईन ओसारपसारको आरोपमा एक जना पक्राउ

Sayalb

खैरो हिरोईन ओसार पसार गरेको आरोमा जिल्ला प्रहरी कार्यालय डोटीले एक जनालाई पक्राउ गरेको छ । कैलालीको अत्तरियाबाट अछामको साँफेबगर जाँदै गरेका कैलाली गौरीगंगा नगरपालिका वडा नं.–८ महादेवा टोल बस्ने २९ बर्षिय रमेश जोशीलाई जिल्ला प्रहरी कार्यालय डोटीले नियन्त्रणमा लिएको छ । ना ५ ख ४१६ नम्बरको गाडीमा अछाम जाँदै गर्दा जिल्ला प्रहरी कार्यालय अघी चेकपोष्टमा खानतलासी गर्दा जोशीको साथबाट ६ ग्राम २५० मिलिग्राम लागु औषध खैरो हिरोईन जस्तो देखिने धुलो प्राप्त गरेका कारण जोशीलाई नियन्त्रणमा लिईएको प्रहरी नायब उपरिक्षक भोला कुमार भट्टले जानकारी दिनु भएको छ । लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार कारवाहीका लागी थप अनुसन्धान भईरहको प्रहरी कार्यालयले जानकारी दिएको छ ।

Shaileshwori
Loading...