
नारद नेपाली, डोटी
डोटीको शिखर नगरपालिकामा सामुदायिक कार्य योजना निर्माण सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । (इएलसीए) र लुथरन विश्व फेडेरेशन नेपाल (एलडब्लुएफ नेपाल) को आर्थिक सहयोग र उपेक्षित समुदाय सशक्तीकरण तथा विकास मञ्च डोटीद्वारा सञ्चालित मुक्त हलिया तथा आन्तरिक विस्थापित समुदायको आर्थिक तथा सामाजिक अधिकार प्रवर्द्धनका लागि सामूहिक प्रयास २ (साहस २) परियोजना गोष्ठी सम्पन्न भएको हो ।

गोष्ठीमा प्रगतिशील मुक्त हलिया बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कार्यसमिति तथा अन्य उप समितिको उपस्थितमा संस्थाले वर्ष भरी गरेका कामको अपेक्षा र आगामी दिनको सहकारी संस्थाको आर्थिक उन्नतिका लागी गर्नु पर्ने उपायका बारेमा छलफल गरिएको हो ।
गोष्ठीबाट आगामी दिनको कार्य योजना निर्माण गरिएको संस्थाका कार्यक्रम अधिकृत भक्त राज उपाध्यायले बताएका छन् । प्रगतिशील मुक्त हलिया बचत तथा ऋण सहकारीले मुक्त हलियाहरुका समस्या समाधान गर्न, हलिया परिवारलाई विभिन्न ब्यावसाय सञ्चालन गर्न आर्थिक अवस्था माथि उकास्न सजिलो भएको र संस्थाले केही सहयोग गरेकोले आफूलाई धेरै सहज भएको प्रगतिशील मुक्त हलिया बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हिरा विकले बताउनु भयो ।
