सेती नदिमा डडेल्धुराका एक जना पुरुष बेपत्ता

सिलगढी : डोटी स्थित सेती नदीमा एक जना बेपत्ता भएका छन् । डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ९ का ५० वर्षीय चेत बहादुर साउद शिखर नगरपालिकाको गहनान स्थित सेती नदिमा बगेर बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी, प्रहरी नायव उपरिक्षक भोला कुमार भट्टका अनुसार मलामी आएका उनी नुहाउने क्रममा बुधवार साँझ साढे ६ बजेतिर बगेर बेपत्ता भएका हुन् । उनको खोजि कार्य भइरहेका प्रहरीले जनाएको छ ।
Sayalb
Shaileshwori
Loading...