

डोटी जिल्लाको शिखर नगरपालिका वडा नं १० गहनानमा सेती नदिमा नुहाउने क्रममा बेपत्ता भएका चेतबहादुर साउँदको खोजिकार्य जारी राखिएको छ । डडेलधुरा जिल्लाको अमरगढी नगरपालिका वडा नं १० पनौलीका ५० बर्षिय साउदको खोजी कार्यका लागि शशस्त्र प्रहरी बल नं ३६ गण दिपायलका प्रहरी नायब उपरिक्षक देबेन्द्र सिहको नेतृत्वमा १४ जना गोताखोर सहितको प्रहरी टोलीले खोजिकार्य जारी रहेको ३६ नंम्बर गणका गणपती प्रहरी उपरिक्षक बिरसिंह साहुले जानकारी दिनु भएको छ । सोमबार मलामी आएका साउँद नदीमा नुहाउने बेलामा नदीले बगाएको थियो ।
