

सिलगढी : डोटीमा बिहिवार ६ जना कोरोना सङ्क्रमित थपिएका छन् । आठ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।
सङ्क्रमण पुष्टि भएका सबै जना सायल गाउँपालिकाका हुन् । डोटीमा पछिल्लो समय प्रत्येक दिन कोरोना सङ्क्रमित फेला पर्न थालेका छन् । स्वास्थ्य कार्यालय डोटीका अनुसार हालसम्म ११ जना सक्रिय सङ्क्रमित रहेका छन् । सङ्क्रमित सबै जना होम आइसोलेसनमा रहेका छन् ।

