
अछाम : केही दिन पहिला सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल बन्यो । भिडियो थियो अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ६ को । जसमा ५३ वर्ष कि जैसरा न्यौपानेलाई आफ्नै बुहारीले लछारपछार गरी शारीरिक तथा मानसिक रूपमा अपमानजनक र अमानवीय व्यवहार गरेको दृश्य थियो । त्यो भिडियो खिचेका थिए सोही ठाउँका ११ वर्षीय बालक दीपेन्द्र न्यौपानेले ।
बालक न्यौपाने आज सम्मानित भएका छन् । बालकले तत्काल घटना नियन्त्रण गर्न नसके पनि घट्नाको भिडियो रेकर्ड गरी समाजमा लुकेर रहेका घर भित्रका हिंसाका घटनाहरूलाई बाहिर ल्याई उजागर गर्नुका साथै कानुनी दायरामा ल्याउनमा महत्त्वपूर्ण योगदान पु¥याएको भन्दै सम्मान गरिएको हो ।
उनलाई कदर स्वरूप एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रण बहादुर रावलले सम्मान गरेका हुन् ।

