मेल्लेखको प्रमुख प्रशासकीय अधिकृतमा आए सापकोटा

लाल बहादुर चदारा, अछाम
मेल्लेख गाउँपालिकामा सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत धुर्ब प्रसाद सापकोटाको स्वागत गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय काठमाडौँ बाट सरुवा भई मेल्लेख पुगेका सापकोटालाई शुक्रवार एक कार्यक्रमका बिच स्वागत गरिएको हो ।

Sayalb

स्वागत कार्यक्रमपछि अधिकृत सापकोटाले आफ्नो लामो समय देखिको अनुभव अब दुर्गम ठाउका जनतालाई सेवा दिने उद्देश्यले आफू मेल्लेख आएको बताए । स्वागत कार्यक्रम मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिंह साउदको अध्यक्षतामा भएको थियो ।

साउदले स्वागत कार्यक्रमको समापनमा बोल्दै मेल्लेखका जनतालाई पालिकाबाट प्रवाह गरिने सेवा प्रदानको लागि कुनै कमी हुन नदिने बताएका छन् । स्वागत कार्यक्रममा प्राविधिक शाखा प्रमुख खडक धामीले स्वागत मन्तव्य राखेका थिए भने स्वागत कार्यक्रमको सञ्चालन सूचना अधिकारी नमराज बहादुर साहीले गरेका थिए । स्वागत कार्यक्रममा मेल्लेख गाउँपालिका अन्तर्गतका शाखा प्रमुख तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।

Shaileshwori
Loading...