डोटीमा गठबन्धन गर्ने वा नगर्ने निश्चित छैन : केन्द्रीय सदस्य वड

डोटी : नेपाली काँग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वडले डोटीमा गठबन्धन हुन वा नहुने अहिले भन्न नसकिने बताएका छन् । नेपाल प्रेस युनियन डोटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बडले यस्तो कुरा बताएका हुन् ।
Sayalb
आजदेखि देश  व्यापी सञ्चालन भइरहेको नेपाली काँग्रेसको “जनतासँग काँग्रेस“ अभियानका लागि केन्द्रीय प्रतिनिधिको रूपमा डोटी पुग्नु भएका वडले प्रत्येक पालिकाको वडा हुँदै टोल टोलमा अभियान सञ्चालन गर्ने बताए । अभियान भदौ २४ गतेसम्म सञ्चालन हुदैछ । डोटीमा काँग्रेस पार्टीको अवस्था के छ, बुझेर मात्रै गठबन्धन हुने या नहुन तय हुने केन्द्रीय सदस्य वडले बताए ।
Shaileshwori
Loading...