
महिला श्रमिकहरूले समान कामको समान ज्यालाको माग गरेका छन् । एकै समयमा महिला र पुरुषले एकै ठाउँमा समान काम गर्दा पनि ज्यालामा भने विभेद हुने गरिएको श्रमिक महिलाहरूले बताएका छन् । सरकारबाट निमार्ण हुने आयोजनाहरूमा पनि समान ज्यालाको माग गर्दै दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख विजय खड्का र प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठलाई श्रमिक महिलाहरूले ज्ञापन पत्र बुझाएका छन् ।
ज्ञापन पत्र बुझाउँदै परिबर्तन श्रमिक महिला समूहकी अध्यक्ष धन सरा नेपालीले भनिन् ‘ ज्याला महिला र पुरुषको आधारमा नभई दक्ष र अदक्ष श्रमशक्तीको रूपमा विभाजन गरी ज्याला निर्धारण हुन पर्यो, ठुला निमार्णस्थलमा स्तनपान कक्ष पनि आवश्यक छ ।’
दिपायल क्षेत्रमा दैनिक ज्यालादारीमा काम गर्ने महिलाहरू आबद्ध रहेको परिबर्तन श्रमिक महिला समूहले समान कामको समान ज्याला सहित श्रमिक अधिकार समावेश गरिएका ८ बुदें मा गर्दै ज्ञापन पत्र बुझाएका हुन ।

ज्ञापन पत्र बुझ्दै दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख विजय खड्काले समान कामको समान ज्याला जस्ता जायज मागहरू तत्काल सम्बोधन गर्ने बताए । खड्काले भने ‘केही दीर्घकालीन मागहरू पनि छन् त्यो बिस्तारै सम्बोधन गरौँला तर केही अहिले गर्न सकिने कुराहरू छन् त्यसमा हामी तत्कालै काम थाल्छौँ ।

श्रमिक महिलाहरूले आफ्नो अधिकारको पक्षमा कुरा उठाउनु आफैमा सकरात्कम विषय भएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन् । उनले भनिन् ‘डोटी जिल्लाका स्थानीय तहहरूसँग समन्वय गरी यो समस्या समाधानका लागी हामी लाग्छौँ ।’ प्रजिअ श्रेष्ठले थपिन ‘काम लगाउने कुनै व्यक्ति वा संस्थाले ज्याला नदिएको छ भने प्रमाण सहित उजुर दिनु होस हामी आवश्यक कारबाही गछौँ ।’ परिबर्तन श्रमिक महिलाहरूले अहिलेको बजारको बढ्दो महँगीलाई मध्यनजर गर्दै ज्याला निर्धारण गर्नु पर्ने पनि माग राखेका छन् ।
सम विकास केन्द्र नेपाल र एक्सनएड नेपालको सहयोगमा संचालित द महिला नेटवर्क परियोजनाको सहयोगमा नगरपालिका स्तरीय महिला समुह गठन र परिचालन भए पश्चात श्रमिक महिलाहरले आफ्नो सवाललाई उजागर गर्न सक्ने भएका छन ।
