
डबल बम, डोटी
देशको समग्र विकास र स्थायित्वको लागि गठबन्धन आवश्यक रहेको सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रण बहादुर रावलले बताए । नेपाल प्रेस युनियन डोटीले जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा अहिलेको गठबन्धनले देशलाई नै फाइदा पुगेको उनले बताएका हुन ।
देशको सुरक्षा गर्न, आम जनसमुदायको वास्तविक भनाइ टोल समुदायमा मात्र नभई घरमै गएर जनगुनासो तथा जनधारणा बुझ्नु पर्ने मा उनको जोड थियो । साथै उनले काँग्रेस पार्टी इतिहास बोकेको ठुलो पार्टी भएकोले देशको सबैभन्दा बढी भार काँग्रेस पार्टीको काँधमा रहेकोले जनताले पनि बढी विश्वास गरेको बताए ।

यस्तै सुदूरपश्चिम प्रदेश सभा सदस्य भरत बहादुर खड्काले गठबन्धन गर्न नहुने आशय व्यक्त गरेका छन् । सोही कार्यक्रममा बोल्दै खड्काले डोटीमा काङ्ग्रेस पार्टी आफै सक्षम रहेकाले कसैसँग हारगुहार गर्नु पर्ने अवस्थामा नरहेको बताए । तर पार्टी भित्रका आन्तरिक पक्षहरूलाई भने मजबुत बनाउनु पर्ने उनको भनाइ थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य, सुदूर पश्चिम प्रदेश सदस्य, डोटी जिल्ला पार्टी सभापति, सचिव, पार्टीका सल्लाहकार तथा पत्रकारहरूको सहभागिता रहेको थियो ।
