डोटीमा नेपाली सेनाद्धारा तिज मिलन कार्यक्रम

Sayalb

गणेश मौनी
भाद्र १३, डोटी
नेपाली नारीहरुको महान चाड हरीतालिका तिजको अवसरमा डोटी सिलगढी स्थित भैरब प्रसाद गणले तिज मिलन कार्यक्रमको आयोजना गरेको छ ।
नेपाली सेना र नागरिक विचको सम्बन्ध थप प्रगाढ होस भन्ने हेतुले तिज मिलन कार्यक्रमको आयोजना गरेकोे भैरब प्रसाद गणका गणपती प्रमुख सेनानी जनमत कार्किले बताए । उनले भने नेपाली नारिहरुको महान चाड पर्बको अबसरमा आम नारिहरुलाई सम्मान गर्नुका साथै कला संस्कृतीको जर्नेना र नागरिक र सेना बिचको सम्बन्ध नजिकको होस भन्ने हेतुले आयोजना गरेको बताए । तिज पर्बको अवसरमा नेपाली सेनाले भाद्र १४ गते सिलगढी स्थित शैलेश्वरी मन्दिरमा निशुल्क स्वास्थ्य शिबीरको आयोजना गरिने समेत प्रमुख सेनानी कार्किले बताए ।
नेपाली नारिहरुको महान चाड तिजलाई सभ्य, भब्य र शान्त तरिकाले मनाउनु पर्ने डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताईन् । उनले भनिन् चाडपर्ब आयो भन्दैमा हामीले खर्चिलो र भड्कीलो गर्ने होईन हामी संग जे छ त्यसैमा रमाउनु पर्छ । चाडपर्बको समयमा सबैलाई शान्त र सभ्य तरीकाले मनाउन समेत डोटी बासीलाई आग्रह गरेकी छन् ।
मट्काफोर र न्यूजिकल चियर
सेनाले तिज बिशेष तथा तिज मिलनको अवसरमा मट्काफोर र म्यूजिकल चियर खेलको समेत आयोजना गरेको थियो ।
भैरब प्रसाद गणको प्रांगणमा आयोजना गरेको मट्काफोर प्रतियोगितामा सिलगढीकी स्थानीय सबीना श्रेष्ठले मट्का फुटाएर प्रथम भएकी छन् । म्यूजिकल चियर प्रतियोगितामा नेपाली सेनाकी सिपाई देबकी आर्चाय प्रथम भएकी छन भने सिलगढीकी स्थानीय मनीसा कठायत द्धितृय भएको भैरब प्रसाद गणले जनाएको छ । मट्काफोर र म्यूजिकल चियर प्रतियोगितामा दुई दर्जन भन्दा बढी महिलाहरुको सहभागिता रहेको थियो । प्रथम र द्धितृय हुनेलाई गणले पुरस्कार समेत दिएको थियो ।
तिज मिलन कार्यक्रममा तिज गित र सुदुरपश्चिमेली डेउडा गित संग डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ सहित उपस्थित जनप्रतिनिधी, स्थानीय दिदी बहीनी, पत्रकार सहभागि सबै छमछमी नाचेका थिए ।
नेपाली सेनाले आयोजना गरेको तिज मिलन कार्यक्रममा डोटीका प्रमुख जिल्ला अधिकारी, स्थानिय तहका प्रमुख, जिल्ला स्थीत विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाकाका प्रमुख प्रतिनिधी पत्रकार, नागरिक समाज, स्थानीय महिला दिदीबहीनीहरुको सहभागिता रहेको थियो ।

Shaileshwori
Loading...