प्रदेश राजधानी आकाशमा छ : पूर्वमन्त्री बलायर 

डोटीमा गठबन्धन हुँदैन

डोटी : सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी बन्न नसक्ने पूर्व मन्त्री तथा नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीर बहादुर बलायरले बताए । सिलगढी स्थित बुधवार प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । गोदावरीमा राजधानी बनाउन वनको फडानी गर्नुपर्ने छ त्यो अधिकार नभएकाले त्यहाँ प्रदेश राजधानी बन्न नसक्ने उनको भनाइ छ । यदि बलजफ्तीले त्यहाँका रुख काटिहालेमा नेपाल अन्तर्राष्ट्रिय अदालतमा उभिनु पर्ने स्थिति आउन सक्ने बताए । प्रदेशको राजधानी अहिले आकाशमा रहेको उनको तर्क छ । “अहिले प्रदेश राजधानी आकाशमा छ, सभापति बलायरले भने, जसले टिप्न सक्छ राजधानी उसैको हुन्छ ।”
धनगढीमा पूर्वाधार निर्माण गर्ने ठाउँ नै नभएकाले र नेपाल युनेस्को र युएनको पक्ष राष्ट्र भएकाले गोदावरीमा रुख काट्न नमिल्ने भएकै कारण ती ठाउँमा राजधानी बन्न नसक्ने उनको दाबी छ । डोटीमा राजधानी कायम हुन नसक्नुको पछाडि डोटीबाट निर्वाचित तत्कालीन नेकपाका सांसद र मुख्यमन्त्री रहेको आरोप लगाए । तर बिना कारण आफूलाई आरोप मात्रै लाग्ने गरेको उनी बताउँछन् ।
Sayalb
यस्तै डोटीमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चासँग गठबन्धन नहुने उनले बताएका छन् । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट जनता काँग्रेसको पक्षमा रहेको देखिएकाले डोटीमा गठबन्धन आवश्यक नरहेको बताए । “स्थानीय तहको निर्वाचनमा मित्रवत् प्रतिस्पर्धा गरेका थियौँ फेरि त्यसरी नै आउनुस्, उनले भने, यदि केन्द्र बाटै गठबन्धन लादियो भने हामी जिम्मेवार हुने छैनौँ, सिट र व्यक्तिका लागि गठबन्धन हुँदैन ।” गठबन्धन भएमा पनि डोटीबाट प्रतिनिधि सभा तर्फको एक सिट र प्रदेश सभा तर्फका दुई सिट काँग्रेसलाई हुनुपर्ने बलायरको भनाइ छ । गठबन्धन जित्नका लागि नभई जित्ने आधारले हुनुपर्ने उनको भनाइ छ ।
Shaileshwori
Loading...