
गणेश मौनी
भाद्र १८, डोटी
निजामती सेवा दिवस २०७९ को अवसरमा शनिवार सिलगढी बजार सरसफाइ गरिएको छ । दिवसको अवसरमा डोटी जिल्ला स्थित जिल्ला प्रहरी कार्यालय अगाडी देखी शैलेश्वरी मन्दिर परिसर सम्म सरसफाइ कार्यक्रम गरिएको निजामती सेवा दिवस जिल्ला समारोह समिति डोटीका संयोजक एवं डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन् । उनले भनिन् दिवसको अवसरमा आम नागरिकले आफू बस्ने घर वरपर फोहोर गर्नु हुन्न दैनिक रूपमा सरसफाइ गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न सरसफाइ कार्यक्रम गरिएको बताइन् ।
सुशासन, जबाफदेही र पारदर्शिता कायम गर्न निजामती कर्मचारीहरूको अहम् भूमिका रहेको जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले बताए । उनले भने हामी सबैले राष्ट्र सेवक कर्मचारीहरूको मान सम्मान गर्नुपर्छ । निजामती कर्मचारीहरूले पनि गुणस्तरीय सेवा सुविधा प्रवाह गर्न तल्लीन हुनुपर्ने बताए । निजामती सेवा दिवसलाई आम जनमानसमा नयाँ सन्देशका साथ मनाउनु पर्ने समेत बताए ।

निजामती सेवा दिवसको अवसरमा भाद्र १९ गते बिहान सबै कर्मचारीहरूले आ–आफ्नो कार्यालय सरसफाइ गर्ने, भाद्र २१ गते बिहान साढे सात बजे दिपायल सिलगढी नगरपालिका ५ रानाधारीमा वृक्षारोपण गर्ने, भाद्र २१ गते साँझ कर्मचारीहरूले आ–आफ्नो कार्यालयमा दीपावली गर्ने, भाद्र २२ गते बिहान साढे सात बजे सिलगढीको इन्द्रचोक देखी जिल्ला प्रशासन कार्यालय सम्म प्रभाव फेरी गर्ने र भाद्र २२ गते दिउँसो २ बजे जिल्ला अस्पताल डोटीमा रहेका बिरामीहरूलाई फलफूल वितरण गर्ने कार्यक्रम रहेको निजामती सेवा दिवस जिल्ला समारोह समितिले जानकारी दिएको छ ।
सरसफाइ कार्यक्रममा जिल्ला समन्वय समिति डोटीका प्रमुख , डोटीका प्रमुख जिल्ला अधिकारी नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख प्रतिनिधि, जनप्रतिनिधि, नागरिक समाज, पत्रकार, स्थानीयको सहभागिता रहेको थियो ।

