
शिव ओली, बुडर
सम विकास केन्द्र डोटीको आयोजना र डिसिएको आर्थिक सहयोगमा सञ्चालित एक दिने अन्तरक्रिया कार्यक्रम डोटीको बुडरमा आज सम्पन्न भएको छ । स्थानीय सरकारको स्रोतसाधनमा महिलाहरूको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालित अन्तरक्रिया कार्यक्रममा जोरायल गाउँपालिका अन्तरगतका १२ ओटा नागरिक समाज संस्थाका करिब ३० जना महिलाहरूको सहभागी रहेको थियो ।
यस भन्दा पहिला पनि सम विकास केन्द्र डोटीको आयोजना र डिसिएको आर्थिक सहयोगमा डोटी जिल्लाका के आइ सिंह गाउँपालिका र शिखर नगरपालिकाका २४ ओटा नागरिक समाजका करिब ६० जना महिलाहरूलाई यस प्रकारको तालिम तथा अन्तरक्रिया कार्यक्रम गरिसकिएको छ । बाकी अन्य गाउँपालिकाहरूमा पनि सञ्चालन गर्ने कार्यक्रम रहेको सम विकास केन्द्र डोटीका कार्यक्रम संयोजक तथा सहजकर्ता महेश परियारले जानकारी दिएका छन् ।
सुशासनको क्षेत्रमा लामो समय देखी डोटी जिल्लाका विभिन्न स्थानीय तहमा काम गर्दै आएकाले महिलाहरूमाथि हुने सबै प्रकारका हिंसा विरुद्धको अभियान पनि सँग सँगै लगिरहेको र विभिन्न प्रकारका भौतिक निर्माणका संरचनामा पनि सहयोग गर्दै आएको संयोजक परियारले बताए । कार्यक्रममा सहजीकरण गर्न परियोजनाका अधिकृत केशव परियार अन्य कर्मचारीहरूको समेत सहभागिता रहेको थियो ।

