
डोटी : नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसका अवसरमा जिल्ला अस्पताल डोटीमा भर्ना भएका बिरामीहरूलाई फलफूल वितरण गरिएको छ । आइतबार नेपाली निजामती कर्मचारी युनियनको १९ औँ स्थापना दिवसका अवसरमा अस्पतालमा भर्ना भएका बिरामीहरूलाई फलफूल वितरण गरेको हो।

फलफूल वितरण कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य नृप बहादुर डवले स्थापना दिवसका अवसरमा शुभकामना व्यक्त गरे । नेपाल निजामती कर्मचारीहरूले उठाएका मागमा ऐक्यबद्धता रहेको उनले बताए । त्यस्तै कार्यक्रममा बोल्दै नेपाली काँग्रेस डोटीका पार्टी सभापति नरेन्द्र बहादुर सिंहले राज्यले निजामती कर्मचारीलाई विभेदकारी गर्न नहुने बताए । नेपाल निजामती कर्मचारीले उठाएका जायज मागमा साथ सहयोग रहने उनले बताए ।
नेपाल निजामती कर्मचारी युनियन डोटीका अध्यक्ष लाल बहादुर बोगटीले फलफूल वितरण कार्यक्रमको समापन कार्यक्रममा बोल्दै आफूहरू आन्दोलनमा रहेको सहभागीहरूलाई जानकारी गराएका थिए । नेपाल निजामती कर्मचारीहरूको तलबमान , समायोजन ,अस्थायी करार ज्यालादारी कर्मचारीको न्यायोचित व्यवस्थापन ,कर्मचारी सेवा ऐन लागू गर्ने लगायतका १० वटा मागहरू रहेकोले सहयोग गरिदिन अनुरोध गरे।
